काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री प्रचण्डलाई भेटेर भर्खरै फर्किएका हुन् । सभापति लामिछानेले आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गरेको बुझिएको छ । तर, प्रचण्ड भने लामिछानेलाई गृह मन्त्रीमा फर्काउन सकारात्मक नदिएको बताइएको सचिवालयका एक सदस्यले बताए ।
प्रधानमन्त्रीले रविजीको विषयमा महान्यायाधिवक्ता, कानुनविद्हरुसँग परामर्श गरेका थिए । नागरिकताको केश सुल्झिएपनि पासपोर्टको केशले गाह्रो बनाउँछ भन्ने छ । यस्तो अवस्थामा उनलाई गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउँदा सरकारलाई र रविजीलाई समेत राम्रो गर्दैन भन्ने बुझाइ छु प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, प्रधानमन्त्रीज्यू उनको सबै विषय नसुल्झिएसम्म फर्काउन सकारात्मक छैनन् । उनी भने पुरानै जिम्मेवारीमा फर्किन आतुर देखिनुहुन्छ ।
लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत समेत गृहमन्त्रीमा फर्काउन लागि प्रधानमन्त्रीलाई दवाव दिएको बताइएको छ ।
FACEBOOK COMMENTS