बागलुङ । बागलुङका अर्का एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
बागलुङ नगरपालिका(८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार घरभित्रै आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए।
प्रहरीका अनुसार जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए।
पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको र घटनाको कारण नखुलेको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
FACEBOOK COMMENTS