काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा १० यात्र क्षमताको नयाँ एलिभेटर थपिएको छ ।
केही दिनअघि आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिले व्यवस्थापन गरेको आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित सार्वजनिक भएको घटना तथा जनगुनासोबारे आइएमएस ग्रुप व्यवस्थापनको गम्भीर ध्यानाकर्षण अनुसार एलिभेटर थपिएको हो । समस्याको समाधान तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका यात्रु बाहिर निस्किने मार्ग, प्रतीक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउन आइएमएस एयरपोर्ट सर्भिसेजले पूर्णरुपमा प्रतिबद्ध रहेको जानकारी विज्ञप्तिमार्फत दिएको छ ।
कम्पनीअनुसार सम्पूर्ण यात्रुहरूको सहज र सुरक्षित यात्रालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट यात्रुहरु बाहिर निस्किने मार्गमा एलिभेटरमा बढी भिडभाड हुन थालेपछि ट्राभलेटर दोस्रो चरणमा निर्माण गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्र कटेपछि यात्रुहरूका लागि सहज आगमन, लथालिङ्ग पार्किङ समस्याको उचित व्यवस्थापनका लागि यात्रु मार्ग, यात्रु प्रतीक्षा कक्ष, पार्किङ क्षेत्रको निर्माण आयोजना नेपाल सरकारको टेन्डर आह्वानपछि निर्माण, व्यवस्थापन, सन्चालन र हस्तान्तरण (बुट) मोडलअनुसार ३० वर्षे लिजसहित आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिको पूर्ण लगानीमा नेपालकै सबैभन्दा ठुला निर्माण कम्पनीमध्येको एक रसुवा कन्स्ट्रक्सनसँगको साझेदारीमा निर्माण भएको हो ।’
FACEBOOK COMMENTS