काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिइसक्नुपर्ने छ ।
कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ८ लाख ४० हजार कित्तामध्ये ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ४२ हजार कित्ता सामूहिक लगानी कोष र १६ हजार ८०० कित्ता कर्मचारीलाई निष्कासन गरेर बाँकी ६ लाख ९७ हजार २ सय कित्ता निष्कासन गरेको हो ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS