काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको नाफामा उच्च गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा नेप्सेमा सूचीकृत ५८ वटा लघुवित्त कम्पनीहरूले आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा ४४.८२५ प्रतिशतले नाफा गुमाएका हुन् । ती लघुवित्तहरुमध्ये जम्मा ३ अर्ब ५४ करोड ३८ लाख ७७ हजार रुपैयाँ मात्र नाफा कमाउन सफल भएका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त कम्पनीहरूले ६ अर्ब ४२ करोड २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । तुलनात्मक रूपमा समीक्षा अवधिमा लघुवित्तहरूले २ अर्ब ८७ करोड ८३ लाख ९ हजार रुपैयाँ नाफा गुमाउन पुगेका छन् ।
FACEBOOK COMMENTS