काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् ।
बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले पूर्वराजस्व सचिव भइ सकेका पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो । उनी यसअघि बैंकको सञ्चालक समिति सदस्यका रूपमा रहेका थिए ।
अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुठासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए । विसं २०४५ असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत थिए ।
पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ ।
FACEBOOK COMMENTS