काठमाडौं । कृषि विकास बैंकको लाभांश सुरक्षित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश प्रयोजनार्थका लागि फागुन ३० गते बुक क्लोज गर्दैछन् ।
कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट साधारण सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले चैत १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा यस बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS