काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा उमेशलाल श्रेष्ठको समूह थप मजबुत बन्दै गएको छ ।
श्रेष्ठको समूहको एसोसियट उपाध्यक्षमा गोपाल खनालको ईन्ट्री हुने निश्चित भएको छ । यसअघि भरत आचार्य एसोसियट उपाध्यक्षमा उठ्ने चर्चा भएएको थियो ।
वर्तमान एसोसियट उपाध्यक्ष रामचन्द्र संघाई पनि बरिष्ठमा उम्मेदवारी दिने भएपछि भरत आचार्य समस्यामा परेको स्रोतको दाबी छ । चुनाब मुखैमा आउन लागिसकेकाले एसोसियट उपाध्यक्ष गोपाल खनाललाई अगाडि सार्न लागेको बताइएको छ ।
गोपाल खनाल कुसल बैंकरका साथै शिक्षा क्षेत्रको हस्तीकारुपमा पनि चिनिन्छन् ।
FACEBOOK COMMENTS