काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाको लागि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिद्धान्तविहीन राजनीति र गठबन्धन धेरै समय टिक्न नसक्ने बताए । गठबन्धनमा असहमति रहँदैमा समर्थन फिर्ता नलिने उनले औंल्याए ।
आफूहरु जनताको हितमा केन्द्रित भएर लाग्ने गठबन्धनमा भएको अविश्वासलाई छाडेर निरन्तरतामा जोड दिनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष राउतले मधेस आन्दोलन, नागरिकता विधेयकलगायतको विषयमा आफ्नो माग पूरा गर्न सरकारसँग माग गरे ।
प्रधानमन्त्री प्रचण्डले जुन प्रकारले सङ्घर्ष गरेर देशमा सङ्घीयता र गणतन्त्र स्थापना गर्नुभयो त्यसको संरक्षण गर्न क्रियाशीलताका साथ लाग्नुहुन्छ भनेर विश्वासको मत दिने निर्णय गरिएको उनको भनाइ छ ।
‘हाम्रो पार्टी देशमा स्थायित्वका पक्षमा छ, जनजताको हितको कुरा सोचौँ, गठबन्धनमा रहँदा आपसी असहमति होलान्, त्यसलाई बिर्सिएर सहमतिका साथ अगाडि बढौँ’, उनले भने ।
उनले पटक-पटक विश्वासको मत लिनु स्थिरताका लागि राम्रो कुरा नभएको भन्दै यस्तो परिस्थिति पटक-पटक नआओस् भनी कामना समेत गरे ।
FACEBOOK COMMENTS