काठमाडौं । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया आजदेखि सुरु भएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्ने तयारी गरेको हो ।
चैतको १२ गतेसम्म दल दर्ता गरिसक्न आयोगले जनाएको छ । त्यसपछि अरु प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।
रिक्त तीन प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० गते उपनिर्वाचन हुँदैछ । तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो भने चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।
FACEBOOK COMMENTS