काठमाडौं । नागरिक लगानी कोषको संस्थापक तर्फको २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा आएको छ ।
एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर चैत १३ गतेदेखि २० गतेसम्मका लागि विक्रीमा ल्याईएको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता ७१७ तोकिएको छ ।
यो शेयर खरीद गर्न इच्छुक योग्य लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी तोकिएको अवधिभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र विक्री प्रबबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालयसँगै एनआईसी एशिया बैंक लिमिटेडको कार्यालय, तथा शाखा कार्यालय बुटवल, धनगढी र सुर्खेतबाट प्राप्त गर्न र पेश गर्न सकिने बैंकले जनाएकाे छ।
शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
FACEBOOK COMMENTS