काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै आज मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।
जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार आज बेलुका शपथ हुनेछ । यो पटक ९ दल सरकारमा जाने भएका छन् ।
बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२, लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।
FACEBOOK COMMENTS