काठमाडौं । मोदी इनर्जी कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । आयोजना प्रभावित स्थानीयले कम्पनीको आईपीओमा आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ ।
कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ९ गतेसम्म आवेदन दिइसकेका छन् । आयोजना प्रभावित स्थानीयले भने आजसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई निष्कासन गरेको छ । जसमा पर्वत जिल्लाका कुश्मा नगरपालिका–३, मोदी गाउँपालिका–५, २, ६ र कुश्मा नगरपालिका–८ का स्थानीयले आवेदन दिन सक्नेछन् ।
स्थानीयले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन बिक्री प्रबन्धक सनराइज क्यापिटलका साथै सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एशिया र कुमारी बैंकका स्थानीय शाखाबाट आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS