काठमाडाैं । नेपाली कांग्रेसले मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।
बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले मन्त्री छनोटको जिम्मेवारी सभापति देउवालाई दिएको हाे ।
मन्त्री पठाउँदा योगदान, दक्षता, समावेशीता र प्रदेशिक सन्तुलन मिलाएर पठाउने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने, ‘सभापतिजीले सबैसँग छलफल र सुझाव लिनुभएको छ । त्यही अनुसार निर्णय लिनुहुन्छ । अब आजै शपथ लिने भन्ने विषयमा प्रधानमन्त्रीले खबर गर्नुहोला ।’
बारा-२ को उम्मेवार चयनका लागि फेरि छलफलका भने १९ गते केन्द्रीय कार्यसमिति र संसदीय समितिको बैठक बसेर फेरि निर्णय लिने उनले बताए । त्यहाँ कांग्रेसले जसपालाई छाड्ने तयारी गरेको छ ।
गठबन्धनलाई साथ दिएको रास्वपालाई किन सरकार बाहिरै राख्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘रास्वपाले साथ दिएको विषयलाई मध्यनजर गरेका छौं । त्यस विषयमा पछि कसरी जाने भन्ने विषयमा उहाँहरूसँगको परामर्शमै यो कुरा भएको हो ।’
उनका अनुसार देउवाले सबैसँग सल्लाहकार गरेर मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् । प्रधानममन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
FACEBOOK COMMENTS