काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा आज बस्दैछ ।
सभाले गत वर्षको नाफाबाट ८.९८ प्रतिशत लाभांश दिने प्रस्ताव पारिन गर्ने छ । बैंकले गत आवको नाफाबाट ८.५३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश दिने पस्ताव गरेको छ । यो प्रस्ताव आज बस्ने साधारण सभा पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने योजना पेश गर्नेछन् । सभाका लागि फागुन २८ देखि चैत १७ गतेसम्म बुक क्लोज गरेको छ । फागुन २७ गतेसम्म कायम रहेका लगानीकर्ताले बैंकले तोकेको लाभांश सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS