काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गरेको छ ।
शुक्रबार उक्त मार्गदर्शन जारी गर्दैै वित्तीय साक्षरता प्रदान गर्दा सेवाको प्रचार गर्न कम गर्ने भएका छन् । यो सँगै वित्तीय एवम् बैंकिङ्ग शिक्षा दिँदा आफ्नो संस्थाको सेवाको प्रचार प्रसार वा विज्ञापन गर्न नपाइने भएको छ ।
‘वित्तीय साक्षरता सम्बन्धी अध्ययन सामग्री सम्प्रेषण गर्दा आफ्ना सेवाको विज्ञापन गर्ने, संस्थाको ब्राण्डिङ्ग गर्ने, व्यापारीक क्याम्पेन गर्ने नभई मूलतः उपयोगी वित्तीय ज्ञान तथा सीप विकास गर्नेमा केन्द्रित हुनुपर्ने मार्गदशर्नमा उल्लेख छ । वित्तीय साक्षरता सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने राष्ट्र बैंकले जनाएको छ ।
यो मार्गदर्शन वित्तीय साक्षरताका लागि आवश्यक संस्थागत पूर्वाधार निर्माण गर्ने, लक्षित वर्ग केन्द्रित वित्तीय साक्षरता अध्ययन सामाग्रीको प्रयोग सुनिश्चित गर्ने, वित्तयि साक्षरता कार्यक्रमको अनुगमनका लागि आधार निर्माण गर्ने, वित्तीय चेतना, ज्ञान र सीपको अभिवृदि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने, आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने योजना रहेको मार्गदर्शनमा उल्लेख छ ।
Financial-Literacy-Guideline-2022
FACEBOOK COMMENTS