काठमाडौं । मार्केट पण्डिल क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले चैत १९ गतेदेखि १०५ प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको छ ।
क्यापिटलले चैत ४ गतेसम्म कायम शेयरधनीहरूका लागि एक शेयर बराबर नयाँ शून्य दशमलव पाँच शेयरको अनुपातमा ४० हजार ८ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो ।
प्रतिशेयर रू. १०० अंकित मूल्यमा विक्रीमा आएको यो हकप्रद शेयर खरिदका लागि सम्बन्धित शेयरधनीहरूले आगामी जेठ ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर बराबरको रकम कम्पनीको प्रभु बैंक लिमिटेडको चल्ति खातामा जम्मा गरी भौचर सहितको आवेदन कम्पनीको रजिष्टर्ड कार्यालय जावलाखेलमा बुझाउनुपर्नेछ ।
पछिल्लो समय मचेन्ट बैंकरहरूले हकप्रद शेयर मार्फत पूँजीबृद्धि गरिरहेको अवस्थामा कम्पनीले पनि पूँजी बढाउनका लागि हकप्रद जारी गरेको बताएको छ ।
FACEBOOK COMMENTS