काठमाडौँ । साताको पहिलो दिन सेयरबजारमा आज गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २३.२४ अंकले घटेर १८८५.३१ विन्दुमा ओर्लिएको छ।
२६० कम्पनी सामेल कारोबारमा ३६ लाख कित्ता सेयर बिक्री भएको छ। योसँगै १ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच हुँदा १९७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
आज १४ कम्पनीका सेयरधनीले मात्र कमाएका छन्। यसअनुसार कालिञ्चोक दर्शनको ९.९६ प्रतिशतले सेयर बढेको छ। अन्य कम्पनीको कम दरले मात्र वृद्धि भएको छ।
यता स्वाभिमान लघुवित्त र प्रभु बैंक डिबेन्चर २०८७ का लगानीकर्ताले क्रमशः ९.६१ र ९.६० प्रतिशतले गुमाएका छन्।
बजारमा एनआईसी एसियाको सबैभन्दा बढी ५ करोडको सेयर कारोबार भएको छ।
FACEBOOK COMMENTS