काठमाडौं । पछिल्लो समय शेयरबजार निरन्तर घटिरहेको छ । छोटो समयमै २२७७ सम्म पुगेको धितोपत्र बजारको सूचक नेप्से फेरि १८ सयको लाइनमा आएको छ । सोमवार बजार बन्द हुँदा नेप्से १ हजार ८७१ दशमलव ८८ विन्दुमा छ ।
यही बेला नवनियुक्त अर्थमन्त्री डा। प्रकाशशरण महतले शेयरबजारप्रति चासो देखाएका छन् । सोमवार उनले लगानीकर्ता बोलाएर शेयरबजारबारे छलफल गरे ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पूँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले शेयरबजारको वर्तमान अवस्था अर्थमन्त्रीलाई जानकारी गराए ।
अर्थमन्त्रीले सबै निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS