काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले चैत २९ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहेको सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । कम्पनीले वैशाख ९ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।
महुली लघुवित्तले सेयरधनीलाई गत आवको नाफाबाट १४.२५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश दिने भएको छ ।
सभामा अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरे सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा रहेको छ । प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जानकारी गराएको छ ।
FACEBOOK COMMENTS