काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि ४ देखि ७ बजेसम्म मतदान हुने भएको छ। सहमतिको प्रयास विफल भएपछि ४ बजेदेखि मतदान हुने भएको हो।
सहमतिमा लागि संघका पूर्वअध्यक्ष तथा बरिस्ठ उपाध्यक्ष चन्द्र ढकालले पहल गरिरहेका थिए ।
महासंघ निर्वाचन समितिले यसअघि २ बजे हुने सूचना जारी गरेकामा फेरि अर्को सूचना जारी गरेको थियो।
वरिष्ठ उपाध्यक्षमा उठेका कसैले पनि ५० प्रतिशत मत नपाएपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको हो।
५० प्रतिशत मत नपाएपछि सहमतिको प्रयास भएको थियो। यद्यपि उक्त प्रयास सफल हुन सकेन।
आजै साँझ ७ बजेपछि लगत्तै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिले आजै मत परिणाम सार्वजनिक गर्ने तयारी गरेकाे दावी गरुकाे छ ।
FACEBOOK COMMENTS