काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् ।
दोस्रो चरणको निर्वाचनको तयारी भइरहेका बेला वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई वरिष्ठ उपाध्यक्षका रुपमा समर्थन जनाएपछि उनी निर्वाचित भएका हुन् ।
पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका तिन जना उम्मेदवार मध्ये कसैलेपनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि दोस्रो चरणको निर्वचनको तयारी भइरहेको थियो ।
तेस्रो बनेका रामचन्द्र संघई वरिष्ठ उपाध्यक्ष पदको दौडबाट बाहिरिएपछि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच निर्णायक निर्वाचन हुनुअघि नै सहमति जुटेको हो ।
FACEBOOK COMMENTS