काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ ।
यस १६ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १५ लाख ५५हजार गा्रहक महानुभावहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्राे त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव १ खर्व ६२ अर्व रहेकोमा कर्जा तर्फ १ खर्व ४३ अर्व रहेको छ र यसै अवधिमा करिव १ अर्व २४ करोड खुद मुनाफा गर्न सफल भएको छ ।
बैंकको धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ । शिविरमा करीब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको छ ।
बैंकले स्थापना काल देखिनै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति काम गर्ने संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेको छ ।
यो पटक स्नो याक फाउन्डेशनलाई एक लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आगामी दिनहरुमा अझै उच्चस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
गा्रहकको सुविधालाई सदैव केन्द्रविन्दुमा राखेर काम गर्ने क्रममा नेपालका विभिन्न सेवा प्रदायकहरुसँग सहकार्य गर्दै आएको छ । बैंकले भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकमहानूभावहरुलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।
साथै बैंकले डिजिटल बैकिंलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना ग्राहकमहानुभावहरुको सहजताका लागि कार्ड लेस क्यास विथड्रल सेवा मार्फत ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्टप्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोगबिना नै प्राप्तगर्न सक्ने सुविधा सञ्चालनमा ल्याइसकेको छ ।
FACEBOOK COMMENTS