काठमाडौं । बारा निर्वाचन क्षेत्र-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् ।
जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
यादवले २८ हजार ४१५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाएका छन् ।
एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत पाएर तेस्रो स्थानमा रहे भने रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत पाए । यादवका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राधिका न्यौपाने साह कलवार २ मत पाएकी छिन् ।
FACEBOOK COMMENTS