काठमाडौं, पुस ३ – कम्प्युटर एसोसिएशन नेपाल ९क्यान० महासंघले हरेक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेक फागुन पहिलो साता सञ्चालन हुने भएको छ ।
२६औं संस्करणको उक्त मेला काठमाडौंको भृकुटीमण्डपमा फागुनको ७ गतेसम्म चल्ने जानकारी बुधवार क्यानले पत्रकार सम्मेलन गरी दिएको हो ।
सूचना प्रविधि र मनोरन्जन प्रदर्शनी हुने ‘क्यान इन्फोटेक २०२०’ उपत्यका बाहिरका आठ स्थानमा पनि आयोजना हुने भएको छ । जसमा प्रदेश १ को इटहरी, प्रदेश २ को विराटनगर, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को वुटवल, कर्णाली प्रदेशको सुर्खेत, सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरीय र प्रदेश ५ को नेपालगञ्जमा जिल्ला स्तरीय प्रदर्शनी आयोजना गरिने क्यान महासंघले बताएको छ ।
२६ औं संस्करणको क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजनमा प्रभु पे, अफिसियल इन्सोरेन्समा प्रभु इन्सोरेन्स तथा टिकट पार्टनरमा इपे ले प्रायोजन गरेको छ ।
प्रदर्शनीमा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने महासंघले बताएको छ ।
त्यसैगरी आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारी आइटी कलेज, बैंक तथा लेखा सम्बन्धि सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका र आउने सफ्टवेयर,सेल्फ लर्निङ सफ्टवेयर लगायत प्रदर्शनीमा रहने छन् । मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको पनि सहभागिता रहने बताइएको छ । यस्तै, मेलामा ४ लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा महासंघको छ ।
FACEBOOK COMMENTS