काठमाडौं । धितोपत्र बोर्डले रातारात निर्देशिका संशोधन गरि रिपब्लिका मिडिया लिमिटेडललाई सेयर जारी गर्न अनुमति दिएपछि अख्यितार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बोर्ड सदस्यहरुविरुद्ध छानबिन गरी कारवाही मागसहित बुधबार अख्यितारमा उजुरी दर्ता भएको हो । उक्त उजुरी सी–०५९३८३ नम्बरमा दर्ता भइसकेको छ ।
बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गरी ज्यादै कम नेटवर्थ भएको (सम्पत्ति पुनर्मूल्यांकन रकम नजोड्दा करिब ३५ रुपैयाँ) रिपब्लिका मिडिया लिमिटेडलाई वैशाख ११ मा १०० रुपैयाँ प्रतिकित्ता प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति दिएको थियो ।
उक्त संशोधन लुकाउन हालसम्म पनि धितोपत्र बोर्डको वेबसाइटमा राखिएको छैन । कुनै कम्पनी विशेषहरुलाई अनुमति दिन निर्देशिकाको व्यवस्था नै संशोधन गर्दा भ्रष्टाचार र अनियमितता भएको अनुमान गर्न सकिने उजुरीमा उल्लेख छ । यस्ता नीतिगत भ्रष्टाचार रोक्न मागसहित उजुरी गरिएको हो।
विशेषगरी खुद सम्पत्ति नेटवर्थ घटाएर रिपब्लिका मिडियालाई आईपीओ जारी गर्न दिइएको उजुरीमा उल्लेख छ । धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ संशोधन गरेको छ । बोर्डले निर्देशिकामा रहेको खुद सम्पत्ति (नेटवर्थ) सम्बन्धी व्यवस्थालाई संशोधन गरेको हो । यसअघि सम्पत्तिको पुनर्मल्यांकनबाट सिर्जित कोषलाई खुद सम्पत्ति (नेटवर्थ) मा गणना गर्न नपाइने व्यवस्था थियो ।
उक्त व्यवस्था संशोधन गर्दै बोर्डले गत चैत २९ मा सम्पत्तिको पुनर्मूल्यांकनबाट सिर्जित कोषलाई खुद सम्पत्तिमा गणना गर्न पाइने व्यवस्था गरेको हो । जसले गर्दा वित्तीय रुपमा कमजोर कम्पनीले सेयर जारी गर्न पाउने सक्ने व्यस्था अब कायम भएको छ ।
republica-media1
FACEBOOK COMMENTS