काठमाडौं । इन्डष्ट्री रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा पोको एक्स फाइभ प्रो ५जी लन्च गरेको छ ।
वैशाख २८ गते बाट बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो फोन वैशाख २२ देखि वैशाख २७ सम्म दराजमा प्रि–बुकिङको लागि खुल्ला रहेको छ ।
यस मिड–रेन्ज एक्स सिरिजमा ५ हजार मेगाहर्ज ब्याट्री, ६७ वाट फास्ट चार्जिङ समावेश गरिएको छ । पोको ५ एक्स प्रो ५ जी ६.६७ फ्लो एमोल्ड स्क्रिन रहेको छ । अहिले सम्मको सबैभन्दा पातलो डिजाईन भएको एक्स सिरिज स्मार्ट फोनको रूपमा यो ७.९ एमएम बडी भएको स्मार्टफोन हो ।
पोको एक्स ५ प्रो ५ जी सँग सोसल मिडिया स्क्रोलिङ र गेमहरूको लागि फ्ल्यागशिप–स्तरको रिफ्रेस रेट समावेश छ । यो फोन अघिल्लो पुस्ताका फोनहरू भन्दा निकै छिटो रहेको कम्पनीको दाबी छ । फ्ल्यागशिप–स्तरको १०८ मेगा पिक्सेल सेन्सरले प्रोफेसनल–स्तरको फोटोग्राफी प्रदान गर्दै अल्ट्रा–हाई रिजोल्युसन मात्र नभई राति अँध्यारोको बेलामा समेत हरेक डिटेल र कलरहरू कैद गर्ने जनाइएको छ ।
फोटोग्राफीको लागि सेटअप ४१ प्रतिशत, फोटोग्राफहरू ६९ प्रतिशत र नाइट मोड ३८ प्रतिशत समावेश गरिएको कम्पनीले जनाएको छ । इमेज सिग्नल प्रोसेसर प्रति सेकेन्ड दुई गिगापिक्सेल चल्ने छ ।
भिडियोग्राफीको लागि फोर के भिडिओ र यसको भ्लग फंक्सनले सजिलै अनलाइन अपडेटहरूका लागि टेम्प्लेटहरू समावेश रहेको छ । यो फोन निलो, कालो, र पहेंलो रंगमा उपलब्ध छ । यो फोन ६ र १२८ तथा ८ र २५७ बिजीमा उपलब्ध रहेको छ । यसको मूल्य क्रमशः ३९ हजार ९९९ र ४२ हजार ९९९ रहेको छ ।
FACEBOOK COMMENTS