काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना देशका नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्नुलाई निकृष्टतम ‘अपराध’ को संज्ञा दिएका छन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष भट्टराईले नक्कली शरणार्थी प्रकरणको जति भत्र्सना गथरेपनि थोरै हुने बताएका हुन्।
‘चौतर्फी भ्रष्टाचार, अनियमितता, राज्यशक्तिको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, कमिशनखोरी आदि विकृति आज हाम्रो देश नेपालको अति गम्भीर समस्या बनेको छ,’ भट्टराइले भनेका छन्, ‘दृश्य र अदृश्य भ्रष्टाचार र अनियमितताका अनगिन्ती प्रकरणहरुले आम नागरिकहरुमा समेत राज्य, राजनीतिक दल र नेताहरुप्रति गम्भीर अविश्वास, आक्रोस र विद्रोहभाव बढ्दै गैरहेको छ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न समेत उनले आग्रह गरेका छन्।
कुनै पनि वहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन आफ्नो पार्टीले खबरदारी गरेको पनि उनलेब ताएका छन्।
यस्तो छ विज्ञप्ति
FACEBOOK COMMENTS