काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसमा भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ, बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ५२ पैसा र बिक्री दर १३२ रूपैयाँ १२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ४३ पैसा र बिक्री दर १४३ रूपैयाँ ८ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ७१ पैसा र बिक्री दर १६४ रूपैयाँ ४६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ९ पैसा र बिक्री दर ३६ रूपैयाँ २६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS