काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टीलाई बजाउन मात्र नभएर घण्टीले बजाउन पनि मिल्ने बताएका छन् । उनका विरुद्ध अदालतमा मुद्धा परेपछि र संघिय संसदमा समेत आवज उठ्न थालेपछि यस्तो बताएका हुन् ।
उनले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताएका छन् । उनका विरुद्ध युवराज सफलले अदालतमा अर्को मुद्धा दर्ता गरएका छन् । सोही विषयलाई उल्लेख गर्दै उनले मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुने बताए ।
आफ्ना विरुद्ध आवाज उठाउनेलाई स्पष्टिकरण दिँदै उनले भने, ‘सर्वोच्च अदालतको वि.सं. २०७९ माघ १३ गतेको फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको छ ।’
अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रहरी कार्यालय काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको उनले बताए ।
उनले भने, ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले जेठ ९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु, यसको जानकारी र सक्कल बमोजिम नक्कल वि.सं. २०७५ असार ६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ, टेलीभिजनबाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं ।’
FACEBOOK COMMENTS