जर्मनीको म्युनिखमा रहेको एक कम्पनीले अल इलेक्ट्रिक सोलार कार बनाएको छ ।
उक्त कार सोलार पावरबाट चल्नेछ, जुन कार गुडाउँदै गर्दा समेत चार्ज हुन्छ ।
जर्मनको स्टार्ट–अप कम्पनीले हालै उक्त कारको चार्जिङ सिस्टमबारे परिक्षण गरेको छ । हालसम्म व्याट्रिबाट चल्ने विद्युतीय कार बनेको भएपनि पूर्ण विद्युतीय सोलार कारको विकास भएको थिएन ।
विद्युतीय सोलार कार जर्मनीको सोनो मोटर्सले बनाएको हो । पूर्ण विद्युतीय सिओन कारमा सोलार सेल जडान गरिनेछ र यो घामबाट चार्ज हुनेछ । यसरी सोलार सेलमा लागेको घाबाट पावर निस्कने र अन्य इलेक्ट्रिक कारझैं वा त्यो पावर व्याट्रिमा गई त्यसबाट कार चल्नेछ ।
यो कारको उत्पादन २०१९ को दोस्रो हाफबाट हुने कम्पनीले जनाएको छ । कम्पनीले जर्मनीको एउटा प्लान्टबाट उत्पादन सुरु गर्नेछ ।
FACEBOOK COMMENTS