काठमाडौँ– सरकारले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा लाग्ने कर साथै मूल्य पनि घटाएको छ ।
सोमबार बजेट भाषण गर्दै डा। प्रकाशरण महतले २०० देखी २५० सीसीसम्मका मोटरसाइकलमा अन्तः शुल्क घटाएको उल्लेख गरेका थिए ।
हाल ८० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अब २० प्रतिशत घटेर ६० प्रतिशत कायम भएको छ । भन्सार दर बजेट भाषण भएको भोलिपल्टदेखि नै कार्यान्वयनमा आउने हुँदा आज (जेठ १६ देखि आयात हुने मोटरसाइकलमा घटेको कर लागु हुनेछ ।
FACEBOOK COMMENTS