अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै
कर्पोरट खबर
12:38 pm, शुक्रबार, जेठ १९, २०८०
नेपालगञ्ज– बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २३ गतेसम्म गर्मी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ ।
उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, मदरसा र संस्थागत विद्यालयहरुमा वर्षे बिदाबाट कट्टी हुने गरी तीन दिन बिदा दिने निर्णय गरिएको शाखा अधिकृत लोकेन्द्र शाहीले जानकारी दिएका छन्। खजुरा गाउँपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द हुने जनाएको छ । गाउँपालिकालका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्लले सूचना जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिएका छन् ।
अत्यधिक गर्मी भएका कारण विद्यार्थीलाई पठनपाठनमा कठिनाइ भएकाले शिक्षा समितिको निर्णयअनुसार वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए । नेपालगञ्जको अधिकतम तामत्रम ३८ देखि ४१ डिग्रीको हाराहारीमा रहेको छ । यसका कारण अत्यधिक गर्मी महसुस गरिएको छ ।
FACEBOOK COMMENTS