काठमाण्डौ-एन आई सी एशिया क्यापिटल द्वारा मोबाइल एप सेवाको थालनी गरेको छ ।
मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै एन आई सी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मुल्य को जानकारी, नेप्से बजार रिपोर्टका साथै एन आई सी एशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा जानकारी प्राप्त गर्न सकिने बताएको छ ।
सो एन आई सी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलकोे ऐप स्टोरमा निस्शुल्क उपलब्ध हुने जानकारी दिएको छ । यस एप्पमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारीमूुलक सेवाहरु प्रविष्ट गर्दै जाने एन आई सी एशिया क्यापिटलका व्यापार व्यवस्थापन विभाग प्रमुख राघब पोखरेलले जानकारी दिएका छन् ।
उच्चतम प्रविधिको प्रयोगबाट गुणस्तरीय, किफायती सेवा प्रदान गर्ने एन आई सी एशिया क्यापिटले प्रतिबद्धता ब्यक्त गरेको छ ।
FACEBOOK COMMENTS