एजेन्सी । लामो समयदेखि टप १० अर्बपतिको सूचीमा परेका रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी सन् २०२३ को शुरुवातदेखि नै अर्बपतिको सूचीबाट बाहिरिए । तर, अब फेरि उनी पनि यसमा पर्न सक्छन् । उनको नेटवर्थमा भएको वृद्धिका कारण यस्ता सङ्केतहरू प्राप्त भइरहेका छन् । पछिल्लो २४ घण्टामा उनको सम्पत्ति २ अर्ब डलरले बढेको छ र योसँगै अम्बानीको कुल सम्पत्ति ९० अर्ब डलर नाघेको छ ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार पछिल्लो २४ घण्टामा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको नेटवर्थ २ अर्ब ३५ करोड डलर वा १९ हजार करोड रुपैयाँभन्दा बढीले बढेको छ । नेटवर्थमा यो उछालपछि अब उनको सम्पत्ति ९० दशमलव ६ अर्ब डलर पुगेको छ । यो अन्तर अब निकै कम भएर शीर्ष १० अर्बपतिको सूचीमा पुनः एक पटक प्रवेश लिन पुगेको छ ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार पछिल्लो २४ घण्टामा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको नेटवर्थ २।३५ करोड रुपैयाँ वा १९ हजार करोड रुपैयाँभन्दा बढीले बढेको छ । नेटवर्थमा यो उछालपछि अब उनको सम्पत्ति ९०।६ अर्ब डलर पुगेको छ । शीर्ष १० अर्बपतिको सूचीमा फेरी प्रवेश गर्न अब यो अन्तर निकै कम भएको छ ।
FACEBOOK COMMENTS