काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरूबीच भएको भेटमा मिलेनियम च्यालेन्स कर्पोरेशन ९एमसीसी० परियोजनाका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए ।
उनका अनुसार भेटमा अध्यक्ष ओलीले एमसीसी परियोजना समयमा नै सक्नुपर्नेमा जोड दिए । उनले विगतमा एमसीसीका बारेमा धेरै नै उतारचढाव भए पनि अहिले परियोजना कार्यान्वयनको चरण आएको बताउनुभएको नेता भट्टराईले जानकारी दिए ।
भेटमा सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना पूर्णरूपमा सुरु गर्ने र वरिष्ठ अधिकारी आएर परियोजना पूर्णरूपमा आरम्भ गर्ने बताए । उनले एमसीसी परियोजना अगाडि बढाएकोमा धन्यवाद व्यक्त गरे ।
सहायक विदेशमन्त्री लु एक दिने नेपाल भम्रणका लागि शुक्रबार नेपाल आएका हुन् ।
FACEBOOK COMMENTS