काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा उनले बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए ।
सांसद थापाले भने, “केही दिनअघिसम्म हामी सांसदका घरमा सहकारी पीडितहरुको रुवावासी चल्थ्यो, घरघरमा रुवाबासी गेरर भएन भनेर उनीहरू अहिले मण्डलामा आएर सुनाउन लागिरहेका छन्, उनीहरूको आवाज राज्यले सुन्नैपर्छ किनकी उनीहरूको जे अवस्था भएको छ, यसको जिम्मेवार केही हदसम्म्म राज्य पनि हो ।”
सांसद अच्युतप्रसाद मैनालीले भने, “अहिले मानो रोपेर मुरी फलाउने समय हो तर अहिले इतिहासमै नभएको सुक्खा याम छ, जमिनको सतहभन्दा धेरै तल पानी पुगेको छ, सिँचाइका लागि मात्र होइन, पिउने पानी पनि पाउन समस्या छ ।” उनले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना तदारूकताका साथ निर्माण गर्नुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS