काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडलाई २ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) लेअनुमति दिएको छ । बोर्डले बैंकलाई प्रति ऋणपत्र १ हजार रूपैयाँका दरले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार २७ गते अनुमति दिएको हो ।
यो ऋणपत्र विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । कुल कित्ता ऋणपत्रमध्ये बैंकले ८ लाख कित्तासर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । १० वर्षका लागि वार्षिक ९ प्रतिशत ब्याजदर बैंकले एसबिआई बैंक डिबेञ्चर २०८९ नामको ऋणपत्र विक्री गर्न बोर्डको अनुमति पाएको हो ।
FACEBOOK COMMENTS