काठमाडौँ । मौद्रिक नीतिपछि उर्लिएको सेयर बजारमा लगातार दोस्रो दिन पनि उच्च अंकको गिरावट आएको छ ।। अघिल्लो दिन सोमबार २६ अंकले घटको नेप्से सूचक दोस्रो दिन मंगलबार थप ३६ अंकले घट्न पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३६ दशमलव १९ अंकले घट्दै २१ सय ६४ दशमलव ३१ अंकको विन्दुमा ओर्लिएको छ । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७ दशमलव ६२ अंकले घटेर ४११ दशमलव १६ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ ।
आज होटल तथा पर्यटन बाहेक बाँकी १२ वटै उपसूचक ऋणात्मक भएका छन् । होटल तथा पर्यटन समूहको उपसूचक १ दशमलव २२ प्रतिशतले बढेको छ ।
३६ अंकमाथिले नेप्से घटेको बजारमा आज २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ ।
आव किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नबिल डिभेन्चरको मूल्य ६ दशमलव ८७ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS