काठमाडौं । रेडी ट्रेडर्सको सोह्रखुट्टेस्थित गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।
विभागको टोलीले बुधबार साँझ छापा मारेको हो । छापा मार्दा ६६ कार्टुन ‘ब्रेक शु’ र दुई वटा सुटकेस बरामद बताइएको छ । विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
बरामद सामग्रीमा के छ भन्ने यकिन भएको छैन । विभागले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा चिनियाँ नागरिक जीक्वाङ लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
विभागले साउन ४ गते बालुवाटारस्थित गोदाममामा छापा मारेको थियो । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।
तस्वीर सौजन्यः अमित भट्ट
FACEBOOK COMMENTS