काठमाडौं । पोखरा महानगरपालिकाले रोकेको ‘पोखरा फुटवेयर विजनेश सेन्टर’ पुनः सञ्चालनमा आएको छ ।
सुरु भएको ४ दिनपछि पोखरा महानगरपालिकाले रोकेको ‘पोखरा फुटवेयर विजनेश सेन्टर’ पुनः संचालनमा आएको छ ।
गत साउन ५ गतेदेखि पोखरामा संचालनमा गरिएको ‘पोखरा फुटवेयर विजनेश सेन्टर’लाई दर्ता प्रक्रिया नमिलेको भन्दै साउन ९ गतेदेखि संचालन गर्न रोक लगाएको थियो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र ‘पोखरा फुटवेयर विजनेश सेन्टर’का संचालकहरुबीचको आपसी समझदारीपछि महानगरले संचालनमा रोक लगाएको उक्त विजनेश सेन्टर आजैदेखि पुनः संचालनमा आएको हो ।
१० कम्पनीले साझा रुपमा खोलेको साझा शोरुमको साउन ५ गते गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले उदघाटन गरेका थिए ।
संयुक्त शोरुममा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका जुत्ता चप्पल बिक्रीका लागि राखिएको छ ।
FACEBOOK COMMENTS