काठमाडौं । गत आर्थिक वर्षमा हिमालयन लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । एक वर्षको अवधिमा कम्पनीको नाफा ७८.५० प्रतिशतले घटेर १ करोड ५३ लाख ७० हजार रुपैयाँमा सिमित भएको छ ।
अघिल्लो आवको सोही कम्पनीको नाफा ७ करोड १४ लाख ९३ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । जसको असर कम्पनीको नाफामा परेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी २४.५२ प्रतिशतले घटेर २० करोड २३ लाख ५२ हजार पैयाँमा सिमित भएको छ । यस्तै सञ्चालन नाफा ७९.०४ प्रतिशतले घटेर २ करोड १९ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडाको कोषमा ८ करोड ८० लाख ४५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको खराब कर्जा २.३७ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १.४७ प्रतिशत रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेको छ ।
यसअघिको सिभिल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन गरेर हिमालयन लघुवित्त वित्तीय संस्था राखिएको छ ।
FACEBOOK COMMENTS