काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । आज कारोबार समयमा बढेर परिसूचक २१ सय अंकभन्दा माथि पुगेपनि अन्तिममा करेक्सन भएर ३ अंकको मात्रै वृद्धि देखिएको हो ।
० दशमलव १४ अंकको वृद्धिसँगै नेप्से परिसूचक २०८९ अंकमा पुगेको छ । यसक्रममा आज १ अर्ब ७८ करोड १९ लाख रुपैयाँ बराबरको ५१ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ । आज ७६ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको मूल्यमा भने गिरावट आएको छ । यस्तै, १२ कम्पनीको सेयर भने स्थिर कायम छ ।
परिसूचक सामान्य अंकले बढेको दिन आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, एनआईबीएल ग्रोथ फण्डको सेयर मूल्य समेत १० प्रतिशतले नै बढेको छ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सेयर मूल्य भने ५।१९ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका १३ समूहमध्ये ५ समूहको सूचक भने घटेको छ । विकास बैंक, वित्त, होटल र टुरिजम, जलविद्युत र निर्जीवन बीमा समूहको सूचक घटेका छन् । निर्जीवन बीमा समूहको सूचक ४८ अंकले घट्दा होटल र टुरिजम समूहको सूचक ३३ अंकले घटेको छ ।
यसबाहेक, आज जीवन बीमा समूहको सूचक ६३ अंकले बढेको छ भने व्यापार समूह ५१ अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक १६ अंकले बढेको छ ।
FACEBOOK COMMENTS