काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ६६.३७ प्रतिशतले बढेर १७ अर्ब ११ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुगेको छ भने संचालन नाफा ५२.४९ प्रतिशतले बढेर १० अर्ब ३६ करोड ८८ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख ५६ हजार रुपैयाँ रहेको छ । गत आवको नाफाबाट सेयरधनीलाई लाभांश दिने क्षमता बैंकको ८.२६ प्रतिशत रहेको छ । ३५ अर्ब ७७ करोड १० लाख ६० हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख ९७ हजार रुपैयाँ रहेको छ ।
४ खर्ब २६ अर्ब ३२ करोड ५४ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ५६ अर्ब ३९ करोड ४७ लाख कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.२८ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ २८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS