तनहुँ,माघ ८ – भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्ममाकुमारी अर्यालले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई नछाड्ने बताएकी छिन् । दमौलीमा व्यास सहकारीको नव निर्मित भवनको शिलन्यास गर्दै मन्त्री अर्यालले सार्वजनिक जग्गा अतिक्रमण गरि व्यक्तिगत वनाउने जो कसैलाई पनि नछाड्ने बताएकी हुन ।
सरकारको नाममा रहेको सरकारी जग्गालाई निजी बनाउने गरेकोले सरकारी जग्गाको संरक्षणको लागि आफुले काम शुरु गरिसकेको उनले जानकारी दिईन्।
देशभर चार सय ६७ विघा ४३ रोपनी सरकारी जग्गा हिजो सरकारी भएपनि बर्तमानमा व्यक्तिहरुले प्रयोग गरेको भन्दै त्यस्ता जग्गाहरुलाई फिर्ता गर्न दर्ता बदर गरेर सरकारी बनाउने नीति लिएको उनले बताईन् ।
यसै बीच मन्त्री अर्यालले सहकारीमा हुनेखानेको सहभागीता बड्दै आएको आरोपलाई सदाकालागि चिर्न अति आवश्यक रहेको बताईन्। मन्त्री अर्यालले उत्पादनशिल क्षेत्रमा सहकारीको लगानी अपरिहार्य रहेको धारणा व्यक्त गरिन् । वर्तमान समयमा देशमा राजनितीक चरणको लडाई सकिएको र समाजबादमा पुग्न उत्पादनमा जोड दिनुपर्ने राय राखिन् ।
सहकारी क्षेत्रमा नयाँ प्रविधि प्रयोगको निरन्तर आवश्यक रहेको बताउदै उनले संबद्ध सरोकारवाला पक्षले यसतर्फ जोड दिनुपर्ने समेत बताईन्।
FACEBOOK COMMENTS