काठमाडौं, माघ १०- सानिमा बैंकले चालु आर्थिक बर्षको ६ महिनामा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ ।
गत आर्थिक बर्षको यसै अवधिमा ९८ करोड २० लाख ८६ हजार मुनाफा कमाएको बैंकले चालु आर्थिक बर्षमा १४.८४ प्रतिशतले नाफा बढाएको हो । दोस्रो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा भने ९५ करोड ९ लाख २२ हजार रहेको छ ।
सानिमा बैंकले आफ्नो निक्षेपको आकार करिब १ खर्ब पुर्याएको छ । पुस मसान्तसम्ममा सानिमा बैंकमा ९९ अर्ब ३० करोड रहेको छ ।असार मसान्तको तुलनामा सानिमा बैंकले निक्षेप करिब १० अर्बले बढाउन सफल भएको छ । सानिमा बैंकले पुस मसान्तसम्ममा ८८ अर्ब ७१ करोड रुपैयाँ कर्जा दिएको छ । असार मसान्तसम्ममा बैंकले ८१ अर्ब ४१ करोड रुपैयाँ कर्जा दिएको थियो ।
बैंकले मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी १३.५४ प्रतिशतले वृद्धि गरेको छ । ६ महिनाको अवधिमा बैंकले २ अर्ब १६ करोड ८० लाख खुद बयाज आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोड ९४ लाख रहेको थियो ।
गत वर्षको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ०.२४ प्रतिशत मात्रै रहेकोमा यस बर्ष बढेर ०.४१ प्रतिशत पुगेको छ । बैंकको सिसिडि रेसियो ७८.०५ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS