काठमाडौं । नेपालको एक नम्बर ब्युटी सैलुन ‘फेसियल हाउस’ले भूमि व्यवस्था सहकारी तथा गरिबीमन्त्री भूमि व्यवस्था सहकारी तथा गरिबीमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरीको जोडीलाई ‘शिव–पार्वती’ अवार्ड प्रदान गरेको छ ।
नेपालको एक नम्बर ब्युटी सैलुन ‘फेसियल हाउस’ले आयोजना गरेको ‘महिला सशक्तीकरण विचार गोष्ठी’ कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबीमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरीको जोडीलाई ‘शिव–पार्वती’ अवार्ड प्रदान गरेको थियो भने नेपाल ब्युटिसियन संघकी पूर्वध्यक्ष भगवती खड्कालाई पनि सम्मान गरेको थियो । साथै नेपाल ब्युटिसियन संघकी पूर्वध्यक्ष भगवती खड्कालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कर्पोरेट खबरका अध्यक्ष उज्जललजंग शाह, नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा, नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरी, राप्रपाका नेता पशुपतिशमशेर जबरा, नेपाल ब्युटिसियन संघकी पूर्वध्यक्ष भगवती खड्का, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, स्वतन्त्र कानुन व्यवसाय संघकी अध्यक्ष आकृति रायमाझी तथा महिलाहरूको उपस्थिति थियो ।