तनहुँ, माघ १२- तनहुँको ब्यास नगर -३ देउराली नगरमा एक बालकको खेल्ने क्रममा अचानक मृत्यु भएको छ।मृत्यु हुनेमा बर्ष-४ का सुप्रिम थापा रहेका छन्।
खेल्दा खेल्दै लडेर उनको मृत्यु भएको हो । बालकहरु एक आपसमा खेल्दै गर्दा अचानक बालक थापा लडेको स्थानीयले देखेपछि दमौली स्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले वताए ।
दुईजना बालक एक आपसमा खेल्ने क्रममा अचानक खाटमा ठोकिदाँ थापाको मृत्यु भएको हो ।
टाउको र चिउडोमा गम्भीर चोट लागेका थापाको घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरी प्रमुख सिलवालले जानकारी दिए।
FACEBOOK COMMENTS