काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैं लक्षित नयाँ नोट वितरण गर्ने भएको छ ।
यसको लागी बैंकले आन्तरिक तयारी सुरु गरेको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन गर्ने काम गरिरहेको छ ।
केन्द्रीय बैंकका अनुसार दसैं, तिहार र छठलाई लक्ष्य गरी घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक तयारी भइरहेको छ । यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।
FACEBOOK COMMENTS