काठमाडौं, माघ १४ – गायिका आस्था राउत मंगलबार धरौटीमा रिहा हुने सम्भावना रहेको छ।
विमानस्थलमा महिला प्रहरीमाथि अभद्र व्यवहारको अभियोग लागेर पक्राउ परेकी राउत अहिले त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा छिन् । थुनामा रहेकी गायिका राउत सोमबार बेलुका बिरामी परेपछि अस्पताल ल्याइएको हो ।
प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित मंगलबार गायिका राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
सामान्यतया अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयले धरौटी माग्ने गर्छ।
FACEBOOK COMMENTS